सिरहामा नांगा डाँडा हराभरा बनाउने अभियान

सिरहा । जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्। डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो। लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५००…