जेष्ठ २५,काठमाडौं । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ ।करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो ।…