ललितपुरका सबै स्थानीय निकायको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन अधिकृतहरूलाई कार्यपालिका निर्वाचनको चटारो छ । स्थानीय निकायको काम कारबाहीलाई सघाउन गठन हुने कार्यपालिका स्थानीय निकायमा मन्त्रिपरिषद जस्तै संयन्त्र हो । जिल्लाभित्र रहेका सबै पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयहरूले निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । ललितपुर महानगरले शनिबार उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी…