जुनियरलाई दिइने मन्त्रालय दिएको भन्दै गण्डकीका वनमन्त्री मनाङ्गेले दिए राजीनामा

काठमाडौं, १७ भदौ ।गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए…