सेनाको उपस्थिति र सुरक्षा सहजतापछि तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातबाट सुचारु भएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए । सर्वदलीय सहमतिपछि बुधबार राति ९ बजेदेखि मतगणना सुचारु हुने भनिएकोमा सरकारी विद्यालयका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएपछि करिव तीन घण्टा मतगणना कार्य अवरुद्ध भएको थियो ।…