बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको वडा नं. १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं। ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं. ७ का सञ्जु बंशाकारको उम्मेदवारी…