पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका ४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा दुबै सवारीसाधनका चाररचार…