सुर्खेत । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्रुवाहक बस कालीकोट र दैलेखखण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला सडकको पहिरो…