काठमाडौं । कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् । वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन…