राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो । संयुक्त अरब इमिरेट्स (युएइ)बाट एयर अरेबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१…