मलेसिया सरकारले लगाएको लकडाउनका कारण समस्या भए दूतावासको सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासले त्यहाँका नेपालीहरूमा आग्रह गरेको छ। कोभिड १९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि मलेसिया सरकारले आवागमनमा प्रतिबन्ध लगाएपछि थुप्रै नेपाली श्रमिकहरुको हवाई टिकट रद्द भएको छ। कतिपयको भिसा अवधि सकिने अवस्थामा छ। यस्तो अवस्थाका नेपालीहरूले आफ्नो विवरण दूतावासमा सम्पर्क राख्न दूतावासले आग्रह गरेको…