विराटनगरमा ‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारी ठग्ने व्यक्ति पक्राउ

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट…