काभ्रपलाञ्चोक र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । मेलम्ची नगरपालिका–१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो…