प्रहरीले भन्यो- ‘बच्चा चोर’को हल्लामा कुनै सत्यता छैन

बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको भन्ने खाले भिडियो तथा तस्बिरहरू भाइरल भइरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरूमा…