हेटौँडा । लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ…