सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिदै गर्दा खुशी हुनुको सट्टा तनावमा थिए । तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने ? उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए । माघ १६ गते सिरहा कारागारबाट रिहा…