सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

सर्लाही । सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट भन्सार छली गरी ल्याइएको ९१५.४६० ग्राम चाँदीका गरगहना बरामद गरिएको हो । प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध…