काठमाडौं । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका…