लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले सिरहा र कपिलवस्तुबाट दुईजनालाई लागू औषधसहित पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका–१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले…