काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका ६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम…