काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो । मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।…