क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३० ओभरमा पाँच विकेट गुमाएर एकसय ४३ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भएका छन्। एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। कुशलका ओपनिङ पार्टनर आसिफ शेख…