प्याब्सन स्पोर्टस् मिट: ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ । अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार…