काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो । कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन…