भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालको छ । सिद्धार्थ रंगशाला भैरहवामा विहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । गण्डकीको भने यो लगातार तेस्रो हार हो । सुदूरपश्चिम प्रदेशले पहिला व्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको…