लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप–२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ । उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले नियुक्त गरेको छ । उनै थापा अहिले ५८ महिला खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षणमा सहभागी ५८ खेलाडीलाई थापाले अन्तिम २३…