एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो…