महिला फुटबल रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउने भएका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् । ‘आयोजकको निमन्त्रणाअनुसार डेनमार्कमा आयोजना हुने डाना कप खेलाउँदै छौं । शनिबार त्यसतर्फ…