एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । शुक्रबार नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टिममा नियमित कप्तान किरण पनि अटाएनन् । पछिल्लो समय चर्चामा रहेको खेलाडी प्रशिक्षक विवादमा किरणले खेलाडीको पक्षमा आवाज उठाएका थिए ।…