बार्सिलोनाको जितमा औवामियाङको दुई गोल

पिएरे इमरिक औवामियाङको दुई मद्दतमा  बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ । घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए । जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ…