इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड-१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग ९इएफएल० लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण रोकिसकेको छ…