भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इन्डियन प्रिमियर लिग आईपीएलको आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ । विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको छ । आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि…