काठमाण्डौं टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टनको उपाधि टेलिकमलाई

राजधानीमा जारी कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि नेपाल टेलिकमले जितेको छ ।काठमाण्डौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलिकमलाई १–० को अग्रता दिलाए । दोस्रो खेलमा सिल्ककी अनुमाया राई टेलिकमकी सीमा राजवंशीमाथि हाबी भइन्…