प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् । पोखरा रङ्गशालामा शनिबार भएको वुमन्स ओपनको सेमिफाइनल खेलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त…