म्याड्रिड । लियोनल मेसी मंगलबार आफ्नो खेलजीवनको ७००औं गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ । क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले…