दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी सम्मानित

नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ आज नगदसहित सम्मानित हुनुभएको छ । ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उहाँलाई रु पाँच लाखसहित सम्मान गर्नुभएको हो । धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका…