काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन्। उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन्। कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन,…