अत्याधिक कर बृद्दिले नेपालामा बिक्री हुनै छाडे यी महँगा बाइक



१२ असोज, काठमाडौं–

अमेरिकन सुपर प्रिमियम बाइक हार्ली डेभिड्सन भर्खरै नेपाली बजारमा भित्रिएको छ । हार्ली व्यावसायिक घराना आइएमई समूहले नेपाल ल्याएको हो । नाडा अटो सोमा हार्लीको ‘आइरन’ र ‘सुपर लो’ मोडल सार्वजनिक गरियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपालको दुईपांग्रे बजारमा अग्रणी होन्डाले पनि दुईवटा सुपर प्रिमियम मोडल भित्र्याएको छ, एनएम–४ र सिबी १००० आर । अटो सोमा दुवै मोडल आकर्षण बनेका थिए । यसअघि पनि होन्डाले महँगो मूल्य पर्ने बाइक भित्र्याएको थियो । बाइक केही थान बिक्री पनि भएका थिए ।

नेपालमा बेनेलीका दुईवटा प्रिमियम बाइक भित्रिएका छन् । बेनेली टिआरके–५०२ र बेनेली लिओनसिनो–५०० । यस्तै, सुजुकी, कावासाकी र यामाहाका पनि प्रिमियम बाइक उपलब्ध छन् ।

नेपाल भित्रिएको इटालियन सुपर प्रिमियम बाइक ‘एमभी अगस्टा’ लामो समय टिक्न सकेन । नेपाली सडकमा डेढ सय डुकाटी बाइक कुद्छन् । इटालियन बाइक डुकाटी नेपालको प्रिमियम सेगमेन्टमा अग्रणी छ । नेपालमा १६ लाखदेखि ५२ लाखसम्मको डुकाटी दौडिन्छन् । डुकाटीका झन्डै दुई दर्जन भेरियन्ट नेपाल भित्रिए । अप्रिलियाले पनि प्रिमियम सेगमेन्टमा २५ लाख पर्ने डोर्सोड्युरो ल्याएको थियो ।

नेपाल प्रिमियम बाइकको बजार हो रु प्रिमियम ब्रान्डहरू नेपाल भित्रिएको देख्दा हो झैँ लाग्छ । तर, वास्तविकता फरक छ । व्यापारीलाई नेपालमा प्रिमियम बाइकका ग्राहक भेट्न निकै मुस्किल पर्ने गर्दछ । नेपालमा गाडीको कर विश्वकै सबैभन्दा चर्को छ । अझ, यसपटक सरकारले हेभी बाइकमा कसेरै कर बढाएपछि बजार झन् खुम्चिएको डुकाटी बिक्रेता उदीप श्रेष्ठ बताउँछन् ।

‘हामी वर्षमा ३०र३५ थानसम्म डुकाटी बिक्री गथ्र्यौं’ उदीप भन्छन्, ‘कर चर्को बढेपछि अर्डर पनि आएको छैन ।’ डुकाटीको मूल्य न्यूनतम ५० प्रतिशत बढेको छ । यसअघि १९–२० लाखमा पाइने बाइकको मूल्य ३२–३४ लाख पुगिसकेको उनी बताउँछन् ।

पहिला रजिस्ट्रेसन शुल्क २० हजार थियो । बजेटले दुई लाख पु(याएको छ । र, अन्तःशुल्क पनि बढेको छ । त्यसमाथि डलरको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेपछि विलासी बाइकको मूल्य अकासिएको उदीपको भनाइ छ । ‘बजेटपछि नयाँ बाइक ल्याएका छैनौँ, पुरानो स्टक बेचिरहेका छौँ,’ उनी भन्छन्, ‘नयाँ बाइक ल्याएर बिक्री गर्न पनि सक्नुप(यो नि १’

सरकारले हरेक वर्ष हेभी बाइकलाई चर्को करले कस्दै छ । तथापि, व्यवसायीहरू महँगा बाइक भित्र्याउन तल्लीन देखिन्छन् । नयाँ–नयाँ प्रिमियम ब्रान्ड भित्रिरहेका छन् । भदौ अन्तिममा आयोजित नाडा अटो सोमा अधिकांश नयाँ मोडलका प्रिमियम बाइक प्रदर्शनीमा राखिएको थियो ।

नेपालमा आधा दर्जन ब्रान्डका प्रिमियम बाइक उपलब्ध छन् । डुकाटीले सबैभन्दा बढी भेरियन्ट उपलब्ध गराउँछ । नेपालमा मध्यम र उच्च वर्गको उदयसँगै सवारी साधनको पनि बिक्री बढिरहेको थियो । उच्च वर्गको रोजाइमा विलासी कार र बाइक पर्थे । तर, मूल्य ह्वात्तै बढेपछि विलासी गाडी÷बाइक धनाढ्यको पनि पहुँच बाहिर पुगेको व्यवसायी बताउँछन् ।

आइएमई समूहले विश्वकै चिरपरिचित ब्रान्ड हार्ली डेभिड्सन भित्र्याएको छ । गैरीधारामा सोरुम तयार हुँदै छ । अहिले दुईवटा मोडल ‘आइरन–८८३’ र ‘सुपर लो’ मोडल भित्रिएका छन् । अक्टोबर मध्यसम्म सोरुम तयार भइसक्दा आधा दर्जन मोडल ल्याइसक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘आइरन–८८३’ को मूल्य ४५ लाख ८५ हजार तोकिएको छ । ‘सुपर लो’ मोडल पनि ४५ लाख पर्ने बाइक हो ।

नेपालमा सन् २०१० को अन्त्यतिर डुकाटी भित्रिएको हो । अहिलेसम्म डेढ सय डुकाटी बिक्री भइसकेका छन् । ‘पहिलो लटमा ८ वटा बाइक भित्रिएका थिए,’ उदीप भन्छन्, ‘त्यसवेला १४ देखि १६ लाख मूल्यका मनस्टार, डाइपरमोटार्ड मोडल ल्याएका थियौँ ।’ पहिलो वर्ष नै १८ वटा डुकाटी बाइक बिक्री भएका थिए ।

नेपालमा ५२ लाख मूल्यको डुकाटी एक्सडेयाभल एस ब्ल्याक पनि दौडिन्छ । बजेटअघि डुकाटीको मूल्य १८ लाखबाट सुरु हुन्थ्यो । तर, बजेटपछि न्यूनतम मूल्य नै ३२र३४ लाख पुगिसकेको उदीप बताउँछन् । नेपालमा डुकाटीका पानीगाले, डियाभेल, मल्टिस्ट्राडा, मनस्टार, हाइपर मोटार्ड र सुपरस्मार्ट गरी आठवटा मोडल उपलब्ध छन् । केही समयअघि पानीगाले भी फोर भित्रिएको थियो ।

यो बाइकको मूल्य ४८ लाख तोकिएको छ । स्याकार ट्रेडिङले भित्र्याएको होन्डाका दुईवटै मोडल ९एनएम–४ र सिबी १००० आर० को मूल्य ४५ लाखभन्दा बढी पर्ने अनुमान छ । तर, कम्पनीले मूल्य सार्वजनिक गरेको छैन ।

बजेटअघि ३२र३५ लाख पर्ने बाइकको मूल्य बजेटपछि ४५ लाख नाघेको हो । अत्याधिक चर्को मूल्य तिरेर हेभी बाइक किन्ने ग्राहक भेटिने अवस्था नरहेको कम्पनी बताउँछ । होन्डा एनएम–४, ७५० सिसीको हेभी बाइक हो । यो बाइक कारझैँ ठूलो छ । सिबी १००० आरमा ठूलो इन्जिन राखिएको छ । ठूलो इन्जिनले बाइक आकर्षक देखिन्छ । अटो मेलामा दुवै मोडलले बाइक पारखी लोभ्याएका थिए । तर, मूल्य सुनेपछि उनीहरू तर्सिन्थे ।

हार्ली डेभिड्सन अमेरिकन लेजेन्ड बाइक हो । मेलामा हार्ली चढेर फोटो खिच्नेको तँछाडमछाड देखिन्थ्यो । बलिउडका फिल्ममा कुदेका बाइक आँखैअगाडि देख्दा बाइक पारखी नतानिने कुरै भएन । हार्लीको सबैभन्दा चल्तीको मोडल ‘आइरन’ हो । जुन, सन् १९५७ देखि निरन्तर परिस्कृत भर्सनमा उत्पादन भइरहेको छ ।

नेपालमा हार्लीको स्ट्रिट रड ७५०, स्ट्रिट एक्सजी ५०० पनि चाँडै भित्रिने बताइएको छ । जसको मूल्य क्रमशः २९ लाख ५० हजार र २८ लाख तोकिएको छ । हेरिटेज क्लासिक र रोड किङ महँगो मोडल हुन्, जसको मूल्य ७७ लाखसम्म पर्छ । हार्र्लीले एक सय १५ वर्षको अमेरिकन विरासत बोकेको छ । हार्र्ली सन् १९०३ देखि उत्पादन सुरु भएको थियो ।

बेनेलीले पनि नेपालमा प्रिमियम सेगमेन्टका बाइक बिक्री गर्दै आइरहेको छ । बेनेलीले यसअघि ‘६०० आई’ र ‘बेनेली ६०० जिटी’ मोडल भित्र्याएको थियो । जसको मूल्य बजेटअघि १८ लाखको हाराहारीमा पथ्र्यो । अटो मेलामा बेनेलीले टिआरके–५०२ र लिओनसिनो–५००भित्र्याए । जसको मूल्य क्रमशः १७ लाख र १३ लाख तोकिएको छ ।

नेपालमा सुजुकीले पनि महँगो बाइक बिक्री गर्छ । भारतमा उत्पादित सस्तो बाइक विशाल ग्रुपले बिक्री गर्छ । जापानमा उत्पादित महँगो मूल्यका बाइक गणेश इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ । सुजुकीको बाइकिङ, हायभुसा र प्रिमियम स्कुटर नेपाल भित्रिएका छन् । बाइकिङ सबैभन्दा महँगो मोडल हो । बजेटअघि बाइकिङको मूल्य ३० लाख हाराहारी र हायभुसाको मूल्य २५ लाख हाराहारी थियो ।

हलिउड फिल्म र स्पोर्ट च्यानलमा कुदेका देखिने धेरै बाइक नेपाल भित्रिएका छन् । आधा दर्जनभन्दा बढी ब्रान्डका डट बाइक नेपालमा किन्न पाइन्छ । नेपालका सौखिन उच्च वर्गलाई विलासी ब्रान्डले तानिरहेको छ । नेपालमा हेभी बाइक भित्रिए पनि धेरैको पहुँच पुग्दैन । नेपालीको स्पोर्टी र हेभी बाइक चढ्ने रहर बुलेट ९रोयल इन्फिल्ड०, केटिएम, यामाहा आर–१५, होन्डा सिबीआर २५० आरआरलगायतले पूरा गरिदिएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  ३ : ३४ बजे