मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनजिओ/आइएनजिओलाई गृह मन्त्रालयबाट अलग गरिदैँ



काठमाडौं माघ, १९–
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी सस्थालई गृहबाट अलग्याएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै हिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहतमा लैजान खोजिएको हो ।

समाज कल्याण परिषदको तथ्याङ्कअनुसार मुलुकभर ४९ हजार एनजिओ दताए भएका छन् । जसले वार्षिक २४ अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरु मुलुकभर विभिन्न परियोजनामा वार्षिक २६ अर्ब बराबरको कारोबार गर्छन । यसअघि एनजिओ÷आइएनजिओ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता हुनुपथ्र्यो । तर, दोहोरो झन्झट भएको भन्दै गृह मन्त्रालयबाट अलग्याएर महिला बालबालिका मन्त्रालयमातहत लैजाने तयारी भएको हो ।नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ३ : ११ बजे