मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो दिन नै नेप्सेमा उच्च गिरावट



काठमाडौं माघ, २०–
साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्से उच्च अंकले घटेको छ । आज नेप्से आठ  दशमलव ५७ अंकले घटेर ११ सय ५३ दशमलव छ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ७२ अंकले घटेर दुई सय ४५ दशमलव आठ अंकमा झरेको छ  । आज एक सय ६९ कम्पनीहरुको पाँच हजार सात सय ८५ वटा कारोबारमा १५ लाख २७ हजार सात सय छ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ४१ करोड ५७ लाख ७३ हजार छ सय तीन रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा १० वटा समुहको कारोबार सुचक घटेर रातो भएको छ भने ट्रेडिङ समुहको कारोबार सुचक बढेर हरियो भएको छ । वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ६४ अंकले घटेर नौ सय ८३ दशमलव ५० झरेको छ भने बिकास बैक समुहको सुचक पनि आठ दशमलव ७१ अंकले घटेर १४ सय ४४ दशमलव ४४ अंकमा झरेको छ । यसैगरी जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकपनि उच्च अंकले घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज बिजय लघुबित्त बित्तीय संंस्था, जनउत्थान सामुुदायिक लघुबित्त बित्तीय संस्था आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा सानिमा ईक्विटी फण्ड आरम्भ माईक्रो फाईनान्स आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने महालक्ष्मी बिकास बैंक, नेपाल टेलिकम लगायतका कम्पनीहरु परेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १० : ०० बजे