मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से आज पनि रातम्यै



काठमाडौं माघ, २१–
नेप्से आज सोमबार पनि रातै भएको छ । आज ११ वटा समुहको कारोबार भएकोमा होटल समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेपछि नेप्से रातै देखिएको हो । सोही आधारमा नेप्से आज आठ दशमलव ८५ अंकले घटेर ११ सय ४४ दशमलव २७ अंकमा पुुग्दा सेन्सिटिम एक दशमलव ८१ अंकले घटेर दुुई सय ४३ दशमलव २८ अंकमा पुुगेको छ ।
आज एक सय ६२ कम्पनीहरुको पाँच हजार सात सय ९७ वटा कारोबारमा १२ लाख नौ हजार आठ सय ६८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३६ करोड ४३ लाख ६४ हजार आठ सय ४९ रुपैयाँ पुगेको छ । आज वाणिज्य बैंक समुहको सुचक छ दशमलव १९ अंकले घटेर नौ सय ७७ दशमलव ४२ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि नौ दशमलव ७५ अंकले घटेर १४ सय ३४ दशमलव ४४ अंकमा पुुगेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक  पनि आज उच्च अंंकले घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सेन्ट्रल फाईनान्स, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा अरुण खोला जलबिद्युुत कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेकाछन । यसैगरी रकम कारोबारका आधारमा भने आज नेपाल बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ३७ बजे