मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेढ वर्षदेखि महिला आयोग पदाधिकारीविहीन, पदाधिकारी नआउँदै तीन करोडका महँगा गाडी किनियो



काठमाडौं माघ, २२–डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन ।

नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसकेको छैन । तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो ।

त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन् ।

पदाधिकारीको लागि भनी खरिद गरिएका ५ गाडीमध्ये सबैभन्दा महँगो गाडी आयोगका सचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका छन् । अन्य चारवटा गाडी सिंहदरबारस्थित आयोगका कार्यालय परिसरमा प्रयोगविहीन अवस्थामा छन् ।

नयाँ गाडी खरिद गर्न गत मंसिरमा ३ करोड रुपैयाँ आयोगलाई निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : १३ बजे