मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज भने नेप्सेमा हरियाली



काठमाडौ माघ, २२–
नेप्सेमा आज मंगलबार भने हरियाली देखिएको छ । नेप्से आज दुुई दशमलव ८३ अंकले बढेर ११ सय ४७ दशमलव १० अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ७४ अंकले बढेर दुुई सय ४४ दशमलव दुुई अंकमा चढेको छ । आज एक सय ६३ कम्पनीहरुको चार हजार चार सय ८९ वटा कारोबारमा सात लाख ३६ हजार सात सय ६९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड १० लाख २२ हजार दुुई सय ३३ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा फाईनान्स र उत्पादनमुुलक समुहले गुुमाए पनि बाँकी आठ वटा समुहले कमाएका छन् । कमाउने समुह मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ३८ अंंकले बढेर नौ सय ७९ दशमलव ८१ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पाँच दशमलव तीन अंकले बढेर १४ सय ३९ दशमलव ७४ अंकमा पुगेको छ । जलबिद्युुत समुहको सुचक पनि छ दशमलव आज आठ अंकले बढेर ११ सय ८८ दशमलव १३ अंकमा चढेको छ । लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल र अन्य समुहको सुचक पनि आज बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सामुुदायिक लघुबित्त बित्तीय संस्था, बुुटवल पावर कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा पुुर्णिमा बिकास बैक, बरुण हाईड्रो पावर कम्पनी आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नागरिक लगानी कोष आदि परेकाछन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : १८ बजे