काठमाडौं माघ, २३–
रोल्पा काठमाडौं विद्यार्थी सम्पर्क मञ्चले काठमाडौंमा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । रोल्पाबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न सम्पूर्ण रोल्पालीहरुलाई एकै ठाँउमा जुटाउनको लागि रोल्पा काठमाडौं सम्पर्क मञ्चले यस्तो प्रयास गर्न लागेको रोल्पा काठमाडौं विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष दियोजित ओलिले जानकारी गराए । उनले विभिन्न राजनीतिक दल तथा पेशामा संलग्न रहेका रोल्पालीहरुलाई एकै ठाँउमा जुटाउनु आफैमा चुनौतीपूर्ण भएपनि आफूहरु दिनरात खटेर यसलाई संभव बनाउन अग्रसर रहेको बताए ।
उनले भने, ‘काठमाडौंमा विभिन्न उद्देश्यको निम्ति आउनु भएका रोल्पाली दाजुभाई दिदी बहिनी तथा आमा बुवालाई एक आपसमा चिरपरिचत बनाउनु हाम्रो उद्देश्य हो ।’ काठमाडौंमा रहेका विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, कर्मचारी, व्यवसायी,कलाकार, शिक्षक, पत्रकार, मजदुर लगायत सबै रोल्पालीहरुको जमघटको अवसरका लागि बनभोज आयोजना गरिएको उनको भनाइ छ । रोल्पा काठमाडौं विद्यार्थी मञ्चका अध्यक्ष ओलि लगायत सम्पूर्ण विद्यार्थी सम्पर्क मञ्च परिवारले सम्पूर्ण रोल्पालीहरुलाई उक्त बनभोजमा उपस्थितिको निम्ति हार्दिक अपिल समेत गरेको छ । अध्यक्ष ओलिका अनुसार उक्त कार्यक्रमा प्रमुख अतिथी सभामुख कृष्ण बहादुर महरा, विशिष्ट अतिथि उर्जामन्त्री बर्षमान पुन, विशिष्ट अतिथि पूर्व सभामुख एवम् सांसद ओनसरी घर्ती, विशिष्ट अतिथि सांसद जयपुरी घर्ती, विशिष्ट अतिथि पूर्वमन्त्री बालराम घर्ती मगर रहेका छन् । त्यस्तै, पूर्व सांसद झक्कु प्रसाद सुवेदी, जोख बहादुर महरा, पूर्वमन्त्री अमरसिंह पुन, पूर्व सांसद बमकुमारी बुढा तथा राष्ट्रियसभाका सांसद राजकुमार कुवँर, सांसद राम कुमारी पुन ‘सुशीला’, मिना कुमारी बुढा पनि अतिथिको रुपमा रहेको अध्यक्ष ओलिले बताए । त्यस्तै, पूर्व सांसद गोकुल घर्ती, विद्यार्थी नेता मनोजमणि आचार्य, दिपेश पुन, तुकमान महरा, राहुल महरा, डीआईजी हुतराज थापा, नवीन रोका मगर, गुलाब मगर, जीवन रोका मगर, पन्चा सिंह, सुमित मगर लगायको सहभागीता रहने अध्यक्ष ओलिले बताए । त्यस्तै, उक्त बनभोज कार्यक्रममा कलाकारहरु नवीन खडका, अशोक ओलि, नन्द घर्ती मगर, दिपक मगरको समेत सहभागीता रहनेछ । त्यस्तै, पत्रकारहरु मनोज घर्ती मगर, मनिशा श्रेष्ठ, रोहित श्रेष्ठ लगायतको उपस्थिति रहनेछ । यो बनभोज कुनै एउटा राजनीतिक दलको मात्रै नभएर सम्पूर्ण रोल्पालीहरुको एकताका लागि भएको बताए । आउदो माघ २६ गते शनिबार ललितपुरको गोदावरीमा आयोजना गरिने बनभोजमा सहभागी हुन जम्मा १०० रुपैयाँ शुःल्क रहेको उनले बताए ।
बनभोज कार्यक्रममा केही आकर्षण समेत रहेका छन् । उक्त अवसरमा पैसारी नाँच, सिङ्गारु नाँच प्रस्तुत गरिनेछ । त्यस्तै,अशोक ओलि र नवीन खड्काको खड्काको स्टेज प्रस्तुतिसँगै दिपक रोका मगरको नाँच समेत प्रस्तुत गरिने अध्यक्ष ओलिले बताए ।