मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च अदालतका थप दुई न्यायाधीश पनि ३३ किलो सुन प्रकरणमा तानिए



काठमाडौं फागुन, १–
सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो ।

न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ३२ बजे