मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका १२ एसपीको सरुवा, को कहाँ ? (नामसहित)



काठमाडौं फागुन, १–
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा गरेको छ । सरुवा भएका एसपीहरुमा दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा रहेका छन् । कडायत यसअघि कञ्चनपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए ।
त्यस्तै, बागलुङमा कृष्णहरी शर्मा, योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खरेल यसअघि विशेष ब्यूरोमा कार्यरत थिए ।
यसैगरी एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । उनी यसअघि रौतहट प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्य, रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ५६ बजे