रक्सी खाएर रेस्टुरेन्टका मालिकलाई पेस्तोल ताक्ने असई समातिए



काठमाडौं फागुन, १–
नेपाल प्रहरीका असई कपिल शाही पक्राउ परेका छन् । मापसे गरेर बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टका मालिकलाई पेस्तोल ताकेको आरोपमा वानेश्वर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले मंगलबार राति अवेरसम्म साथीहरुसहित मापसे गरेर बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले संचालकमाथि पेस्तोल ताकेका थिए । असई शाही महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् ।

होटल सञ्चालकले प्रहरीलाई खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गर्न खोजेका थिए ।
सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले शाहीले प्रहरीलाई समेत दुर्व्यहार गरेको प्रतिवेदनतसहित आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ६ : २९ बजे