मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिवासको मुख्य चोकमा ढुंगा बोकेको टिपर पल्टियो, १० जना घाइते



महोत्तरी फागुन, १–
बर्दिवासमा ढुंगा बोकेको टिपर बीच सडकमा दुर्घटना हुँदा दश जना घाइते भएका छन् । ना ३ ख नम्बरको ढुङ्गा लोड गरिएको टिपर बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका अनुसार ढुङ्गा लोड गरिएको टिपर बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गर्दा अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको हो ।

गम्भीर घाइते बर्दिवास नगरपालिका ११ बस्ने ३० बर्षका मीनबहादुर थापालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा हस्पिटल र शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।

ढुङ्गा लोड गरीएको टिपरबाट खसेको ढुङ्गाले लागेर राजमार्ग क्षेत्रमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । दुर्घटनाका कारण ५ वटा मोटरसाइकल र एउटा अटोरिक्सा पूर्ण रुपमा क्षति भएको छ ।

बीपी राजमार्ग हुँदै आउने सानाठुला सवारी साधन मुख्य चोकमा दुर्घटना हुने क्रम बढेको छ । ओरालो बाटो भएको र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ०६ बजे