मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि नेप्से राताम्यै



काठमाडौं फागुन, १–
नेप्सेमा आज बुुधबार पनि पहिरो गएको छ । नेप्से आज सात दशमलव ११ अंकले घटेर ११ सय २१ दशमलव आठ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ एक दशमलव ७६ अंकले घटेर दुुई सय ३८ दशमलव ४४ अंकमा पुुगेको छ । आज एक सय ७४ कम्पनीहरुको चार हजार नौ सय २८ वटा कारोबारमा आठ लाख १२ हजार तीन सय ८७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड ८८ लाख ३६ हजार आठ सय ३८ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा १० वटा समुहले गुमाउँदा उत्पादनमुुलक समुहले कमाएको छ । गुुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक छ दशमलव ६७ अंकले घटेर नौ सय ६० दशमलव ८८ झर्दा बिकास बैंक समुहको सुचक छ दशमलव २८ अंकले घटेर १४ सय २१ दशमलव ५७ अंकमा झरेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, अन्य र लघुबित्त समुहको सुचक पनि घटेर आज रातै भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज चौतारी लघुबित्त बित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा नयाँ नेपाल लघुबित्त बित्तीय संस्था, जेविल्स फाईनान्स आदि परेकाछन् । यसैगरी कारोवार भएकोमा रकमका आधारमा भने आज नागरिक लगानी कोष, अपर तामाकोशी हाईड्रो पावर लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : १२ बजे