मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको एक घरमा लुकाईएको १८ किलो सुन बरामद



कञ्चनपुर फागुन, २–
प्रहरीले कञ्चनपुरमा १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले पुनर्वासबाट १८ किलो सुन बरामद गरेको हो ।

कैलाली प्रहरीका अनुसा पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा उक्त सुन बरामद गरिएको हो ।

प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले जानकारी गराए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ११ : ३१ बजे